चिटिक्क देखिन तपाई दिनहुँ दाह्री फाल्नुहुन्छ होला । तर, कहिलेकाही दाह्री फालेपछि अनुहारमा रातो विमिरा आउनुका साथै छाला दर्खराउछ र कुनैबेला घाउ नै हुन्छ । तसर्थ दाही फालेपछि छालालाई ठीक पार्न आवश्यक पर्छ । निश्चय नै दाह्री फालेपछि छालालाई नरम बनाउने धेरै तरिका छन् । पुरुषले प्राय आफटर सेभ लोसन प्रयोग गरेको पाइन्छ । लोसन र मोश्चराइजरमा पनि रसायन मिसाएको हुनाले अनुहारमा असर पर्न सक्छ । दाह्री फालेपछि छालामा देखिने विमिरा, घाउ, वा अन्य समस्या ठिक पार्ने केही उपायः
चिसो पानीे छर्कनेः गालाको रातोपन र बिमिरा हटाउने यो सजिलो उपाय हो । दाह्री फाल्ने वित्तिकै गालामा चिसो पानी छर्कनुहोस् । गम्छामा आईसका टुक्रा राख्नुहोस् र बिस्तारै घाउ वा रातो भागमा लगाउनुहोस् । केही वेरमै निको हुन्छ ।
ह्वाईट टिः चियामा औषधीको गुण हुने भएकोले दाह्री फालिसकेपछि गालामा रातोपन वा घाउ देखिएमा यसको प्रयोग गर्नुपर्छ । चिसो पानीमा टि ब्याग भिजाउनुहोस र सो ब्यागलाई घाउमा दल्नुहोस् । गाला सुनिएको वा एलर्जी भएको पनि यसले तत्कालै निको पार्छ ।
कटुसाः दाह्री फाल्दा गाला काटेको छ र रगत आइरहन्छ भने कटुसलाई धुलो छर्कदा च्वाट्टै निको हुन्छ । कटुसमा हुने प्राकृतिक गुणले रगतको प्रबाहलाई रोक्छ । संक्रमणबाट बच्न पनि यो सबैभन्दा उपर्युक्त बिधि हो ।
स्याउको भिनेगरः दाह्री फालेपछि गालामा घाउ वा दाग आएमा वा सुनिएमा त्यसको उपचारमा स्याउको भिनेगर पनि प्रयोग हुन्छ । भिनेगरले संक्रमणबाट पनि बचाउँछ ।
घ्युकुमारीः गालाको छालाको संक्रमण तथा अन्य घाउको उपचारका लागि घ्यु कुमारी जस्तो उपयुक्त जडिबुटी अरु केही हुन सक्दैन । दाह्री फालेपछि तत्कालै घ्युकुमारीको जेल लगाइदिनुहोस्, केही क्षणमा नै घाउ निको हुन्छ ।
एस्पिरिनः यदि तपाईको संमेदनशिल छाला हो भने यो उपचार नगर्नुहोस् । यदि होइन भने एस्पिरिनको ट्याबलेटलाई पानीमा भिजाउनुहोस र यसको पेस्ट बनाउनुहोस् । त्यसपछि छालाको उत्तेजित भागमा यो पेस्ट लगाउनुहोस् । १० मिनेटपछि सफा गर्नुहोस् ।
महः दाह्री फालिसकेपछि गाला रातो भएर हैरान हुनुहुन्छ वा फोका आएको छ ? आत्तिनु पर्दैन । तत्कालै केही थोपा मह लगाइदिनुहोस् । केही क्षणमा नै निको हुन्छ । एन्टिव्याक्टेरियल गुणका कारण महले तत्काले सुनिने लगायत अन्य समस्याको समाधान गर्छ ।
गर्मी मौसममा आँखाको स्याहार गर्नु निकै आवश्यक छ ।
जाडो मौसममा भन्दा गर्मी समयमा बढी मात्रामा आँखामा समस्या हुने गरेको आँखा अस्पतालमा बढेको भीडले सजिलै पत्ता लगाउन सकिन्छ ।
आँखाको समस्या देखिँदा सुरुको अवस्थामा रातो हुने आँखाबाट धागोजस्तो लामो चिप्रा आउने, उज्यालोमा हेर्न समस्या हुने र चिलाउने हुन्छ । यसलाई सिजनल एलर्जिक कन्जन्टेभाइटिस पनि भनिन्छ ।
यो कुनै कीटाणुको कारण नभई वातावरणसँगै आँखामा आउने समस्या हो । गर्मी मौसममा धुलो, धुँवा, बढी हुने तथा रुखमा फूल फुलेर झर्ने हुनाले पनि एलर्जी बढी देखा पर्छ । यसका कारण आँखा चिलाउने, रातो देखिने, चिप्रा आउने, आँखा मैलो हुनुका साथै नानीमा समेत सेतो दाग देखा पर्नसक्छ ।
जसको कारण कहिलेकाहीँ नानीमा सङ्क्रमण भई दृष्टिसमेत गुम्न सक्छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा दैनिक आँखा चिलाउने, आँसु आउने, सुन्निने, रातो हुनेलगायतका समस्या लिएर आउने बढेको बताउनुहुन्छ नेत्र विशेषज्ञ डा इन्दुप्रसाद ढुङ्गेल । राजधानीमा बढ्दो प्रदूषणका कारणले पनि आँखाको बिरामी अझ बढाएको उहाँको भनाइ छ ।
यस्तो खालको आँखाको समस्या देखिएमा आँखा सफा पानीले सफा गर्ने र बाहिर हिँड्दा राम्रो खालको चस्मा लगाउने गर्नुपर्ने नेत्र विशेषज्ञको भनाइ छ ।
यतिमात्र होइन घरमा पनि फूल फुलेको, पालुवा पलाउँदै गरेको बिरुवा नचलाउने, नजिक नजाने, घरपालुवा जनावर कुकुरबिरालो जस्ता जनावरलाई नचलाउने गरेमा आँखामा हुने सङ्क्रमणबाट बच्न सकिन्छ । किनकि यस्ता बस्तुमा भएको पराकणले आँखामा समस्या हुने सम्भावना बढाउन सक्छ ।
वयस्क मात्र होइन बालबालिकालाई धेरै समय कम्प्युटरमा बस्न नदिने, प्रदूषित वातावरणमा नजाने, हरियो सागपात बढी मात्रामा खाने, भिटामिन ए युक्त फलफूल पनि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ । कम्प्युटर चलाउँदा वा टिभी हेर्दा केही समय आराम र चिसो पानीले मुख धुनु उपयुक्त हुने चिकित्सक बताउँछन् । गर्मी मौसममा हुने यस्ता समस्याबाहेक डरलाग्दो लक्षण भनेको उज्यालोमा हेर्न गाह्रो हुने हो । यस्तो समस्या भएमा तुरुन्त जाँच गराउनुपर्दछ ।
स्रोत: दैनिक नेपाल
मियमी । मधुमेह रोगका बिरामीको अध्ययनले कुनै व्यक्तिको पेट तथा कम्मरको नाप मुटु रोगको सम्भावनाबारे पूर्वसूचना प्राप्त गर्न सहयोगी हुने बताइएको छ ।
शनिबार मुटु रोग सम्बन्धमा पढाइ हुने एक विश्वविद्यालयको अध्ययन प्रतिवेदन सिकागोमा सार्वजनिक गर्दै यसबारे जानकारी दिइएको हो ।
उक्त समूहले नमुनाका लागि २०० जना मधुमेहका रोगीलाई लिएको थियो । अध्ययनका क्रममा उनीहरुमा मुटु रोगको लक्षण देखापरिनसके पनि उनीहरुको जीवनको उत्तराद्र्धमा मुटुसम्बन्धी समस्या आउने पाइएको बताइएको छ ।
अध्ययनले सानो कम्मर र पेट भएका मधुमेह रोगीलाई भन्दा ठूलो पेट भएका मधुमेह रोगीको मुटुको देब्रेपट्टि रहेका शिरामा समस्या आउने बताएको छ । यसले प्रशस्त अक्सिजन भएको रगतलाई मानिसको मस्तिष्कलगायतका अन्य भागमा पठाउने गर्दछ ।
“हाम्रो अध्ययनमा कम्मरको परिधि मुटुको देब्रे भागमा रहेका शिरालाई शिथिल पार्न मद्दत गर्दछ जुन शरीरको अन्य भाग वा तौलभन्दा बढी जिम्मेवार हुन्छ”, जोन मेरिल्याण्डस्थित हकिन्स विश्वविद्यालयमा अध्यापनरत डाक्टर तथा प्रमुख अनुसन्धाता वोएज रोजेनले बताउनुभयो ।
यसअघिका अध्ययनले मानिसको शरीरको पूरा ब्यासको उचाइ तथा तौल जति बढी भयो त्यति नै मुटुको समस्या हुन सक्ने खतरा हुने बताएका सो अध्ययनले जनाएकोे छ ।
पेटमा अनावश्यक धेरै बोसो अथवा पेटको स्याउ आकारको आकृति हुनुलाई यसपूर्व नै उच्च रक्तचाप, ग्लुकोज, ‘कोलस्टोरल’, कोरोनरी आर्टरी समस्या तथा हृदयाघातका सूचकका रुपमा लिइँदै आएको थियो ।
अध्ययनले स्याउ आकारको भुँडी तथा कम्मरको परिधिलाई जति कम गर्न सक्यो त्यति नै हृदयाघात तथा मुटुका अन्य समस्याको जोखिम कम हुने बताएको छ ।
देब्रे शिरामा समस्या आउनुलाई ‘कन्जेस्टिभ हार्ट फेलर’ भनिन्छ ।
स्रोत: दैनिक नेपाल
स्रोत: दैनिक नेपाल



