कालिकोटमा भीषण वर्षासँगैको बाढीले ४ जनाको मृत्यु, ५ घाइते
कालिकोट – कालिकोटमा भारि वर्षासँगै बिहीवार साँझ ४ बजेदेखि परेको अविरल वर्षाका कारण जिल्लाको कोटवडा गाविसमा पर्ने गेजबजार र लालिघाट बजारमा आएको बाढीले मानवीय क्षतिका साथै करोडौं धनमालको क्षति गरेको छ ।
विगत लामो समयदेखि परेको खडेरी परिरहेका बेला एक्कासी आएको भारी वर्षाले ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । घाइतेलाई कालिकोटस्थित जिल्ला अस्पताल ल्याएको छ केही बेपत्ता रहेका छन् ।
एक्कासी ठूलो मात्रामा परेको अविरल वर्षापछि आएको बाढीमा ५० करोडभन्दा माथिको क्षति भएको जनाइएको छ । वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति गरेको लामो समयदेखि एमआरएस अडर सप्लायर्स संचालन गर्दै आएका हंश शाहीले जानकारी दिए ।
रातीको समय बजारको दायाँ र बाँया ठाउँबाट आएको बाढीले भागेर जान पनि नसकिएर आफू दोधारमा परेको उनले बताए । विगत केही वर्ष यता यस्तो बाढी नआएको र एक्कासी आउला भन्ने पनि कुनै थाहा नपाएका त्यहाँका व्यापारीहरुले राती यस्तो वर्षा होला र बाढी आउला भनेर कल्पनासम्म पनि गरेका थिएनन् । ‘साँझको खाना खाएर आफूहरु पसल बन्द गरेर सुत्न के खोजेका थियौं’ बाहिर गड्याङगुडुङ भयो, आफूले पानी परेका भनेर केही वास्ता नगरेको र पछि सबै बाहिर चिच्याएको सुनेर आफू उठेर बाहिर जाँदा बाढीले पसल बगाइरहेको देखियो ।
गेजबजारमा व्यापार गर्दैै आएका कोटवाडाका नेत्र विष्टले जानकारी दिए । गत विहीवार कालिकोट र दैलेख जिल्लाको सीमाना दैखोलामा आएको बाढीले एक जनाको मृत्यु भएको थियो भने डेढ करोडभन्दा माथिको क्षति भएको थियो । १ हप्ता नबित्दै कालिकोटमा पनि बाढी आएको छ ।

0 comments
Write Down Your Responses