एसएलसीका दिन विद्यालय मृत भेटिएका मगरको पोल खुल्यो - हेर्नुहोस् पुरा >>>>>

गत चैत १८ गते गुल्मीको लुम्छामा फेला परेको एक युवाको शव हत्या गरि फालेको अनुसन्धानमा खुल्न आएको छ ।
लुम्छाको भगवती प्राथामिक विद्यालयको प्राङ्गणमा हर्दिनेटा –६ का २० वर्षिया विशाल गाह मगरको हत्या गरि फालिएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृतक मगरलाई हर्दिनेटा ६ का किशोर झाक्रीले शिरिसको दाउराले टाउकोमा प्रहार गरि मारेको जिल्ला प्रहरी कार्यालयमा उनले दिएको वयानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । प्रहरीले मगरको सब फेला परेसगै स्थानिय ४ जना युवालाई अनुसन्धानको लागी नियन्त्रणमा लिएको थियो ।
गत चैत १७ गते राती जिल्ला गुल्मी हर्दीनेटा गाविस वार्ड नं. ५ लुम्छा भन्ने स्थानमा रहेको एक होटलमा मृतक मगर सहित ४ जनाले मादक पदार्थ रक्सी सेवन गरेका थिए ।
उनिहरु चारै जनाले रक्सी सेवन गरि करिब नौ बजेको समयमा आफ्नो घर तर्फ जाने क्रममा मुबाइलको बिषयलाई लिई मृतक बिशाल गाहा मगर र किशोर झाक्रीको बादबिबाद हुँदा लाठि प्रहार गरि मारेको झाक्रीले प्रहरीमा वयान दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अभियूक्त झाक्रीलाई हिरासतमा लिई थप अनुसन्धान कर्य जारि रहेको प्रहरीले जनाएको छ ।
स्रोत: दैनिक नेपाल 

0 comments

Write Down Your Responses