प्रचण्डलाई लाग्यो हत्या अभियोग, जेल हाल्न माग !

काठमाडौं, ९ वैशाख । ‘मलाई न्याय चाहिएर आएको हुँ, आयोगले सत्य पत्ता लगाएर दोषीलाई कारबाही गर्छ भन्ने विश्वास लिएकी छु । मेरा पतिको हत्या एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा भएको हो । नत्र उनको पुत्ला जलाएको दुर्इ दिनपछि अफिसमै आएर किन गोली हानियो ?
लमजुँकी सात्रिवी चिलुवालले बुधबार यस्तै दाबीसहित पति गणेश चिलुवालको हत्यामा संलग्नलाई कारबाही माग गर्दै सन्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएकी छन् ।
‘१२ वर्षसम्म हत्यारा खुलेआम हिँडेकाले उनीहरुलाई सजाँय दिलाउन आयोगमा आएकी हुँ’, सावित्रीले भनिन्, ‘गाउँबाट यातना दिएर लखेटेपछि राजधानी बस्दासमेत हत्या गर्नेलाई कानूनी कठधरामा ल्याउने समय आएको छ ।’
नेपाली काँग्रेसको स्थानीय राजनीति गरेर बसेका गणेशमाथि २०५६ साउन २३ गते नै माओवादीले हत्या प्रयास गरेका थिए । बागबजारको प्रजातन्त्र चोकमा माओवादी पीडित संघले चिलुवाकै नेतृत्वमा २०६० साल १ गते माओवादी अध्यक्ष पुष्पकमल दाहालको पुत्दा जलायो ।
त्यसको दुई दिनपछि बागबजारस्थित पीडित संघको कार्यालयमै चिलुवामाथि गोली प्रहार भयो । नागरिक दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses